इटहरी : स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको तेस्रो संस्करण अन्तर्गत लोहोरुङ फुटबल क्लब संखुवासभा अन्तिम चारमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ लोहोरुङले चुत्तन स्र्पोटिङ क्लब, तेह्रथुमलाई ३–२ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
लोहोरुङका लागि अमित गजमेर, मिलन लिम्बू र विनोद राईले गोल गरे ।
चुत्तनका लागि दुवै गोल सन्तोष लिम्बूले गरेका थिए । खेलमा लोहोरुङ्गमा विवेक राई म्यान अफ दि म्याच घोषित हुँदै नगद पाँच हजार पाँच प्राप्त पारे ।
द योङ ब्रदर्श क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टिमले नगद चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टिमलाई दुई लाख दुई हजार दुई सयमा चित्त बुझाउनेछ ।
खेलमा प्रत्येक दिनको म्यान अफ दि म्याचसँगै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई नगद रकम प्रदान गरिने आयोजकले जनाएको छ ।














Discussion about this post