इटहरी : सुनसरीको रामधुनी नगरपालिका–५ स्थित लगुना मोडमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार तत्काल नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो।
उक्त दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन्। उनको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअपले ठक्कर दिएको हो। दुर्घटनापछि गाडी र चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post