Monday, May 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ६, २०८२
in समाचार
0
सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार
690
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–५ लगुना मोडस्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

बिहीवार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको तरकारी बोक्ने पिकअप गाडीले साइकल यात्री र पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी नायव निरीक्षक कमल नेपालीको कमाण्डमा खटिएको टोलीले घाइते दुवै जनालाई तत्काल उपचारका लागि झुम्कास्थित अस्पताल पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित टिचिङ अस्पताल पठाइएको थियो।

घटनामा पैदलयात्री रामधुनी नगरपालिका–३ का ६१ वर्षीय विष्णु प्रसाद खतिवडाको उपचारको क्रममा बिहीवार बिहान ६ः१३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, साइकल चालक इटहरी उपमहानगरपालिका–१८ नयाँ टोलका अन्दाजी ३५ वर्षीय देवराज बुढाथोकीको पनि उपचारकै क्रममा राति १०ः५ बजेतिर मृत्यु भएको हो।

दुर्घटनामा संलग्न पिकअप गाडी घटनापछि फरार भए पनि प्रहरीले को २ च २०७९ नम्बरको पिकअप गाडी कोशी गाउँपालिका–१ भन्सार टोल नजिक भित्री सडक किनारमा लुकाइराखेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय पकलीमा राखेको छ।

फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: #रामधुनीदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)
समाचार

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ...

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 
FEATURE BREAKING

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

मोरङ : मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोह सक्रिय भएको पाइएको छ। प्रहरीका अनुसार...

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३
भोजपुरमा ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन

एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित गाउँपालिकाद्धारा सम्मान

जेष्ठ १०, २०८३
मोरङमा लागूऔषधविरुद्ध महाअभियान 

मोरङमा लागूऔषधविरुद्ध महाअभियान 

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1471 shares
    Share 588 Tweet 368
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1423 shares
    Share 569 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    853 shares
    Share 341 Tweet 213
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.