Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङ : ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन

रासस by रासस
चैत्र २९, २०८२
in समाचार
0
तस्बिरमा हेर्नुहोस् लालीगुराँसले रङ्गिएको तेह्रथुम
59
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ ।

स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्ने क्रममा लालीगुराँसका रूख तथा बिरुवामा क्षति पुर्‍याएपछि लोप हुने अवस्थामा पुगेको भन्दै गाउँपालिकाले संरक्षण अभियान सुरु गरेको हो ।

लालीगुराँसको संरक्षणमा गम्भीर समस्या उत्पन्न भई यसको अस्तित्व जोखिममा पर्ने अवस्था देखिएपछि संरक्षण अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणदेवी राईले जानकारी दिइन् ।

“लागीगुराँस हाम्रो राष्ट्रिय फूल हो । वनको सौन्दर्य र जैविक विविधताको महत्वपूर्ण अंश भएकाले यसको संरक्षण अत्यन्त आवश्यक छ”, उनले भनिन्, “सबै वन उपभोक्ता तथा स्थानीय बासिन्दालाई वन क्षेत्रमा घाँस तथा दाउरा सङ्कलन गर्दा गुराँसका बिरुवामा कुनै क्षति नगर्न अनुरोध गरेका छौँ ।”

उनका अनुसार लालीगुराँसका हाँगा भाँच्ने, फूल टिप्ने तथा गुराँसका बिरुवालाई हानी पुग्ने खालका गतिविधि नगर्न/नगराउन गाउँपालिकावासीलाई सूचित गरिएको छ ।

वन तथा वातावरणको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएकाले लालीगुराँसको संरक्षणमा सबैको सक्रिय सहयोगका लागि गाउँपालिकाका तर्फबाट सार्वजनिक सूचना प्रकाशन गरेर सहभागिताका लागि आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए ।

उनका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको अधिकांश सामुदायिक तथा निजी वनमा लालीगुराँस पाइन्छ ।

लालीगुराँसको महत्व नबुझी स्थानीयबासिन्दाले सजिलो र कडा राप दिने भन्दै दाउराका रुपमा काट्ने गरेकाले त्यसो नगर्न अनुरोध गरिएको अध्यक्ष राईको भनाइ छ । अन्य रूखभन्दा काट्न सजिलो र छिटो सुक्ने भएकाले लालीगुराँसको दाउरा प्रयोग गर्ने गरिएको स्थानीयले बताएका छन् ।

पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश ग्रामीण भेगमा बसोबास गर्ने स्थानीयले खाना पकाउन तथा न्यानोका लागि आगो ताप्न दाउरा प्रयोग गर्दै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा हिउँदको समयमा वनजङ्गलबाट दाउरा सङ्कलन गरेर वर्षादको समयमा उपयोगमा ल्याउने प्रचलन छ ।

नेपाल सरकारले जारी गरेको वन ऐन २०७६ तथा नियमावली २०७९ मा उल्लेख भएअनुसार लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रूख काटेको पाइएमा रु पाँच वर्षसम्म कैद सजाय तथा रु एक लाखसम्म जरिवाना वा दुवै हुने कानुनी व्यवस्था छ । बिना अनुमति कसैले वन पैदावार चोरीनिकासी गरेको खण्डमा नेपाल सरकार वादी भएर मुद्दा लड्ने कानुनी व्यवस्था छ ।

Tags: #खोटाङ#राससलालीगुराँस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.