इटहरी : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बीआर १० पीबी २२४१ नम्बररको गाडीको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा ५९ केजी गाँजा बरामद गरेको थियो ।
गाडीबाट लागूऔषध गाँजा बरामद भएसँगै चालक भारत सुपौलका सुवोध कुमारसहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।















Discussion about this post