Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको बेलिब्रिज निकालिए

रासस by रासस
जेष्ठ ४, २०८३
in विविध, समाचार
0
वंशिलाघाटमा बेलिब्रिज सञ्चालन, खोटाङ–भोजपुरको यातायात सहज
75
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ।

यी अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो।

मौसम परिवर्तनसँगै सुनकोशीमा पानीको सतह बढेपछि गत वैशाख २७ गतेबाट बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले जानकारी दिएका छन्।

खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

यस बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवतजावतमा सुविधा दिएको थियो।

बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाएपछि अब करिब छ महिना झोलुङ्गे पुलमार्फत पूर्वी तराईका जिल्ला आवतजावत गर्नुपर्ने बाध्यता पुनः दोहोरिएको स्थानीय युवराज मगरले जानकारी दिएका छन्।

बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाख बजेटमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो। यसलाई जडान गर्ने र निकाल्ने ठेक्का गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित रु ५७ लाख बजेटमा लिएको हो।

बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि रु १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी कालिका-वेदांसी जेभीले सम्झौता गरेको छ। विसं २०७९ मङ्सिर १ गते सम्झौता गरेर निर्माण सुरु गरिएको भए पनि मोटरेबल पुल निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती भएको आरोप स्थानीयले लगाएका छन् ।

अर्कोतर्फ, फोक्सिङटारको अस्थायी बेलिब्रिज जेठ ३ गतेबाट पूर्णरूपमा यातायात बन्द गरेर निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले जानकारी दिएका छन्।

सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल-गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको थियो।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने र निकाल्ने ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी-३ उदयपुरले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ९६ लाख ७७ हजार ९३७ मा लिएको हो।

खोटाङको खोटेहाङ गाउँपालिका-९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५, आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो।

निर्माण सम्पन्न भएर सञ्चालनमा आएको वर्ष दिन नपुग्दै बाढीले बगाएपछि फेरि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्था आएको हो।

सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन्।

उनले ‘फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाएपछि पूर्वी तराईका जिल्लाबाट खोटाङ भित्रिने यातायातका साधन घुर्मी-कटारी हुँदै जयरामघाट तारेर ल्याउनुपर्नेहुन्छ, खोटाङ्गे जनताका लागि यो घुमाउरो बाटो हो’ भन्दै आफ्नो धारणा राखेका छन्।

उनले मध्यपहाडी लोकमार्गमा पर्ने घुर्मी-कटारी हुँदै जयरामघाट तारेर ल्याइने दैनिक उपभोग्यवस्तुको मूल्यसमेत वृद्धि हुने भएकाले यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी रहेको बताएका छन्।

फोक्सिङटारमा बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन।

दिक्तेल-गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माणका लागि अर्थमन्त्रालयले गत वर्षको चैतमा रु ३५ करोड बजेट सुनिश्चित गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिएका थिए।

Tags: #खोटाङ#राससबेलिब्रिज
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.