इटहरी : युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र जीवन उपयोगी सन्देश प्रदान गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘लाफ्टर फर लाइफ द मोटिभेसन’ कार्यक्रम जेठ २२ गते इटहरीमा आयोजना हुने भएको छ।
मकालु खबरको आयोजनामा हुन लागेको उक्त कार्यक्रम इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।
कार्यक्रममा हास्य, प्रेरणा र जीवन व्यवस्थापनसम्बन्धी विविध प्रस्तुतिहरूमार्फत सहभागीलाई सकारात्मक ऊर्जा प्रदान गरिने आयोजकले जनाएको छ।
गत जेठ १० गते काठमाडौंको प्रज्ञा भवनबाट औपचारिक रूपमा सुरु भएको कार्यक्रम विभिन्न शहरमा सञ्चालन भइरहेको छ।
युवाहरूको मानसिक स्वास्थ्य, आत्मबल र जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकासमा सहयोग पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार विद्यार्थी, युवा, व्यवसायी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।














Discussion about this post