विराटनगर : मोरङको उर्लाबारीस्थित प्रहरी हिरासतबाट फरार भएकी एक युवतीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल निवासी २२ वर्षीया एन्जिला दाहाल रहेकी छन्।
लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएकी दाहाल गत भदौ २४ गते फरार भएकी थिइन्।
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा उत्पन्न भीडभाड र अव्यवस्थाको मौका छोपेर उनी हिरासत कक्षबाट भाग्न सफल भएकी थिइन्। त्यसयता फरार रहेकी दाहाललाई खोजतलासका क्रममा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकी दाहाललाई पुनः कानुनी प्रक्रियामा ल्याई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।














Discussion about this post