इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा बरामद भएको छ।
सोमबार बिहानको राति करिब १ः५५ बजेतिर चतराबाट नडाहातर्फ आउँदै गरेको भारतीय बीआर ३१ पी ६६५१ नम्बरको स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटनामा परेको थियो।
दुर्घटनाको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले गाडीभित्र जाँच गर्दा चार वटा प्लास्टिकका बोरामा लुकाइछिपाइ राखिएको एक सय चार किलो ८५५ ग्राम गाँजा फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार बरामद गाँजा र स्कारपियोलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। दुर्घटनापछि चालक भने फरार रहेको र उनको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post