Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

प्रहरीलाई छक्याउँदै हिँडिरहेका थिए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
in FEATURE BREAKING, समाचार
0
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

सांकेतिक तस्वीर ।

59
SHARES
Share on FacebookShare on Twitter

झापा : आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका तथा जन्मिएको नवजात शिशुको शव गाडेर फरार भएका एक अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ।

झापा प्रहरीले विशेष सुराकी र प्राविधिक अनुसन्धानको सहायताले फरार प्रतिवादीलाई इलामको सूर्योदय नगरपालिका–१० फिक्कलस्थित एक होटलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी घटना सार्वजनिक भएयता विभिन्न जिल्लामा लुक्दै हिँडिरहेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार अभियुक्तलाई पीडित छोरीसँगै बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा नियन्त्रणमा लिइएको हो।

प्रहरी अनुसन्धानअनुसार घटनापछि अभियुक्त झापाबाट फरार भएर रोल्पा पुगेका थिए। त्यहाँ उनको खोजी भइरहेकै बेला उनी पुनः स्थान परिवर्तन गर्दै इलाम पुगेका थिए। करिब तीन महिनादेखि फरार रहेका उनलाई पक्राउ गर्न प्रहरीले विभिन्न जिल्लासँग समन्वय गरी निगरानी बढाएको थियो।

यो घटना वैशाख २ गते झापाको झिलझिले क्षेत्रमा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि बाहिर आएको थियो। घटनाको अनुसन्धानका क्रममा किशोरीले आफ्नै बुबाबाट यौन हिंसा भएको र बच्चा जन्मिएपछि शव गाड्न बाध्य बनाइएको बयान दिएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले नवजात शिशुको मृत्यु र हाडनाता करणी सम्बन्धी कसूरमा छुट्टाछुट्टै मुद्दा दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएको थियो। तर अभियुक्त फरार भएपछि अनुसन्धान चुनौतीपूर्ण बनेको थियो।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीमाथि झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। पीडितलाई भने संरक्षण र पुनःस्थापनाका लागि सुरक्षित आवासमा राखिएको जनाइएको छ।

Tags: #झापा#पक्राउजबरजस्ती करणी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता
FEATURE BREAKING

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्व चयनका लागि अध्यक्ष पदमा नवराज काफ्ले र गायत्री कटवाल भण्डारीले उम्मेदवारी दर्ता...

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा
समाचार

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

मोरङ : नागरिकता सिफारिस प्रक्रियामाथि नै प्रश्न उठ्ने गरी मोरङको रंगेली नगरपालिकाका एक वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्।...

राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की

सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इटहरीका केशव कार्की नियुक्त

असार ११, २०८३
पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान

झापाको वन क्षेत्र राष्ट्रिय औसतभन्दा कम, विस्तारका लागि विशेष अभियान

असार ११, २०८३
सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३
राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की

सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इटहरीका केशव कार्की नियुक्त

असार ११, २०८३

लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    377 shares
    Share 151 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.