Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि मध्यपहाडी लोकमार्गमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिरीखिम्तीबाट म्याङलुङतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५६०४ नम्बरको बोलेरोको अचानक ब्रेक फेल भई नालीको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरोमा सवार तेह्रथुमको फेदाप गाउँपालिका–४ जलजलेका करिब ४० वर्षीय टेकबहादुर कटेल घाइते भएका थिए। उनको टाउको र अनुहारमा चोट लागेको थियो।

उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम पुर्‍याइएका कटेललाई अस्पतालका चिकित्सकले बुधबार दिउँसो १२ः२० बजे मृत घोषणा गरेका थिए।

बोलेरोका चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ का करिब ४३ वर्षीय राजेन्द्र श्रेष्ठ भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ।

यसैगरी, पाँचथरको फिदिम नगरपालिका–८ मान्द्रेभीरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पौवाभञ्ज्याङबाट रानिटारतर्फ जाँदै गरेको प्र.१–०१–०२ स ६००७ नम्बरको टीभीएस कम्पनीको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा फिदिम नगरपालिका–८ का करिब ४२ वर्षीय अटो चालक सुजन राई घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अटोमा आगलागीसमेत भएको थियो।

उक्त अटोमा चालकसहित अन्य व्यक्ति सवार थिए वा थिएनन् भन्ने खुलेको छैन। अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

पाँचथरको उक्त सडक पौवाभञ्ज्याङबाट तमाखे–रानिटार जाने भित्री कच्ची सडक खण्ड हो।

उकालो तथा भिरालो कच्ची सडकका कारण अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थल ट्राफिक प्रहरी पोष्ट राकेबाट करिब १३ किलोमिटर पूर्वमा पर्छ।

दुवै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण
समाचार

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–७ ठूलो ढुङ्गामा आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय युवराज लिम्बुलाई पक्राउ गरेको छ।...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
FEATURE BREAKING

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार...

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.