Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

रासस by रासस
साउन २७, २०८३
in विविध, समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको छ।

डिभिजन वन कार्यालय भोजपुरको करिब रु सात लाख बजेटमा यहाँ वर–पीपल रोपनसँगै चौतारा निर्माण गरिएको हो ।

डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाका अनुसार धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने वर–पीपलको संरक्षण गर्दै यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।

“वर–पीपल हाम्रो परम्परा र जैविक विविधतासँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो,” प्रमुख मियाले भने, “यसको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौतारा निर्माण र वृक्षरोपणलाई प्राथमिकता दिएका छौँ ।”

वडाध्यक्ष नभराज माङ्गफाहाङ्गले वर–पीपल अध्ययन केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिँदै यस क्षेत्रलाई ‘ऋषि वन’ का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए। यहाँ आठ प्रजातिका वरका बिरुवा रोपिएका छन् ।

साथै गुराँसलगायत अन्य स्थानीय प्रजातिका बिरुवासमेत रोपण भइरहेको उनले जानकारी दिए।

उनका अनुसार ‘वर–पीपल शमी चौतारी निर्माण कार्यक्रम’अन्तर्गत आफ्नो पहलमा चौतारा निर्माणसँगै वर–पीपल रोपन गरिएको हो। चौताराले स्थानीयवासीलाई विश्रामस्थल उपलब्ध गराउनुका साथै बाह्य पर्यटकलाई आकर्षित गर्ने थप आधार तयार पारेको छ।

स्थानीयवासी नन्दकुमार तिम्सिनाले पछिल्लो समय वर–पीपलका रुखहरू मासिँदै गएको अवस्थामा संरक्षणसहित गरिएको यस्तो पहल सकारात्मक रहेको बताए।

“चौतारीसहित वर–पीपल संरक्षण गरिनु सराहनीय छ,” उनले भने, “यसले गाउँको पहिचान जोगाउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुग्छ ।”

स्थानीय समुदायको सहभागितामा सञ्चालन भएको यो कार्यक्रमले जैविक विविधता संरक्षण, धार्मिक–सांस्कृतिक सम्पदाको जगेर्ना तथा ग्रामीण पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

साथै, वन क्षेत्रको दिगो उपयोग र संरक्षणमार्फत स्थानीयलाई आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि राखिएको वन कार्यालयले जनाएको छ।

वर–पीपल संरक्षणसँगै चौतारा निर्माण, हरियाली विस्तार र अध्ययन केन्द्र स्थापना जस्ता गतिविधिले दीर्घकालीन रूपमा टेम्केमैयुङ क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग स्थानीयवासीको भनाइ छ।

Tags: #भोजपुरअभियान
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.