मोरङको विराटनगरबाट ठूलो रकमको बाजी राखी सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर १५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित शाह, ३८ बर्षीय बैजनाथ शाह र विराटनगर १७ का ४२ बर्षीय जगदिश शाह रहेका छन् ।
यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका तीन जना नै बिरुद्ध कारबाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post