उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका(४ बर्खेडाँडामा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक बेलका नगरपालिका–६ लामिडाँडाका ४० वर्षीय गजुरमान राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार मोटरसाइकल पछाडि बसेकी गजुरमानकी बहिनी ३५ वर्षीया शान्ति राई गम्भीर घाइते भएकी छन् ।
काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख ०३७५ नम्बरको ट्रक र रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १–०५–००२ प १६०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।















Discussion about this post