प्रतिबन्धित भारतीय नोट सहित एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारु १ लाख ३२ हजार ५ सय रुपैयाँ सहित इटहरीमा फलफूलको व्यापार गर्ने व्यापारी विराटनगरबाट पक्राउ परेका हुन् ।
धनुषा घर भइ इटहरी १ मा डेरागरि बस्ने ४३ वर्षीय सन्तोष मेहतालाई शशस्त्र प्रहरीले प्रतिबन्धित नोटसहित विराटनगर – १६ हुलास मेटल चोकबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
पक्राउ परेका उनी इटहरी बजारमा ठेलामा फलफूलको विक्री वितरण गर्दै आएका छन ।
दुई दिन अगाडि उनी लुकिछिपी भारत गएका थिए ।
नेपाल प्रवेश गरेपछि चेक जाँचको क्रममा प्रतिबन्धित नोट सहित शशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी विराटनगरले पक्राउ गरेको हो ।














Discussion about this post