तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङको पहलमा मृगौला रोगबाट पीडित पूर्व अध्यक्ष दुर्गा देवकोटालाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।
हाल पारिवारिक भेटघाटमा बेलायत रहेका तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले संकलन गरि पठाईएको सहयोग रकम तरुण दल सुनसरीले मृगौला रोगबाट पीडित तरुण दल सुनसरीका पूर्व अध्यक्ष देवकोटाको निवासमा पुगेर हस्तान्तरण गरेको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतले देवकोटालाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
आफ्नो संगठन नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष देवकोटा मृगौला रोगबाट पीडित भएर उपचार गर्न आर्थिक रुपले समस्या भएपछि तरुण दल सुनसरीका अध्यक्ष गुरुङ आर्थिक सहयोग जुटाउन सकृय भएका थिए ।














Discussion about this post