इटहरी : राष्ट्रिय जनसहयोग कलेज इटहरी–२०, तरहराले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।
कलेजका अनुसार परीक्षामा १२ जना विद्यार्थीले ‘डिस्टिङ्सन’ हासिल गरेका छन्। विद्यार्थी प्रतिभा लुइँटेलले ८७.८० प्रतिशत अंक प्राप्त गर्दै कलेजकै उत्कृष्ट नतिजा ल्याएकी छन्।
यो अंक सम्भवतः नेपालकै उत्कृष्ट हुनसक्ने कलेजको दाबी छ।
स्थापनाकालदेखि नै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको राष्ट्रिय जनसहयोग कलेज यसअघि बीबीएसतर्फ नेपालमा दोस्रो र तेस्रो स्थानमा रहन सफल भएको थियो भने कोशी प्रदेशमा समेत पटक–पटक प्रथम हुँदै आएको क्याम्पस प्रमुख द्रोण न्यौपानेले जानकारी दिए।
यसपटकको नतिजासँगै राष्ट्रिय जनसहयोग कलेज नेपालमै प्रथम हुन सफल भएको क्याम्पस प्रमुख न्यौपानेले दाबी गरे।
उनले उत्कृष्ट नतिजाका लागि विद्यार्थी, अभिभावक तथा प्राध्यापकहरूलाई धन्यवाद दिँदै सफल विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।
















Discussion about this post