मोरङको भाउन्नेमा शनिबार दिउँसो यात्रु बोकेको बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
धरानबाट काँकडभिट्टा जाँदै गरेको को १ ख ५०७९ नम्बरको यात्रु बोकेको बस बेलबारी १० स्थीत पुर्व पश्चिम राजमार्गमा अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।
घाइतेको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पताल का अनुसार एक जनाको अवस्था जटिल रहेको र बाँकी ३ जनाको अवस्था सामान्य रहेको छ ।














Discussion about this post