Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
in कला साहित्य, समाचार
0
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई
52
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । बिहीबार भएको रोमाञ्चक फाइनलमा र्‍याप्टर्सले पेनाल्टी सुटआउटमा ९औँ ब्याचलाई ४–३ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टोलीबीच निर्णायक नतिजा ननिस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा उत्कृष्ट प्रदर्शन गरेको र्‍याप्टर्सले एक गोलको अन्तरले जित निकाल्यो । लिग चरणका सबै खेलमा अपराजित रहेको र्‍याप्टर्सले अघिल्लो संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिँदै उपाधि उचालेको हो ।

उपाधिसँगै र्‍याप्टर्सले नगद ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता ९औँ ब्याचले २० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल पाउँदा तेस्रो भएको बिराट एलिट युनाइटेडले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा निश्चल विक उत्कृष्ट खेलाडी र अनुप कटवाल उत्कृष्ट गोलकिपर घोषित भए ।

भदौ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत चिकित्सक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीका सात टोली सहभागी थिए । लिग चरणका खेलमा अपराजित रहँदै र्‍याप्टर्स फाइनलमा पुगेको थियो ।

विजेता टोलीका कप्तान प्रमेशराज देवकोटाले अघिल्लो संस्करणको फाइनलमा व्यहोरेको पराजयलाई जितमा बदल्ने लक्ष्यसहित उच्च मनोबलका साथ मैदानमा उत्रिएको बताए । त्यसैले उपाधि जित्न सहज भएको उनको भनाइ थियो ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले चिकित्सक, कर्मचारी र विद्यार्थीको स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीमा ध्यान दिँदै खेलकुदलाई दैनिक जीवनसँग जोड्ने उद्देश्यले हरेक वर्ष तीन प्रतियोगिता आयोजना गर्दै आएको छ । आपसी सद्भाव र टोलीभावना अभिवृद्धिमा खेलकुदले सहयोग पुर्‍याउने विश्वाससहित अस्पतालले यस्ता प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ ।

यस वर्ष बिराट फुटसल लिग, बिराट च्याम्पियन लिग र बिराट सुपर लिग सम्पन्न भएका छन् ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.