विराटनगर : सुनसरी र मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका–३ का सागर परियार, रूबिन लावती र बेलबारी–२ का बिप्लव खवासलाई ६ चक्की प्रतिबन्धित औषधीसहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी रमाइलो मोरङले लेटाङ नगरपालिका–३ का ३३ वर्षीय फिरोज कुमार बिकलाई ६ ग्राम ४३० मिलिग्राम खैरोहिरोइन सहित पक्राउ गरेको छ ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो. नजामलाई ४२० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित इटहरी–९ बसपार्क स्थितबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका–६ का २७ वर्षीय बिप्लव थापालाई प्रतिबन्धित औषधी ११२ चक्कीसहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
















Discussion about this post