विराटनगरमा रहेको विराट नर्सिङ होमको दुई तलामाथिको झ्यालबाट हाम फालेर घाइते भएका एकजना बिरामीको सोमबार मृत्यु भएको छ ।
हाम फालेर घाइते भएका मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो ।
फोक्सोमा समस्या भएपछि उनी असोज १९ गते भर्ना भएका थिए ।
दुई तला माथिबाट हाफ फालेर घाइेत भएका गजमेरको आइसीयूमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । गजमेरको उपचारमा करिब ७० हजार रुपैयाँ खर्च भएको थियो ।














Discussion about this post