इटहरी : इटहरीमा यसै शैक्षिक सत्रदेखि सुरु भएको नरबहादुर कर्माचार्य बहुप्राबिधिक शिक्षालयले तीन बर्ष डिप्लोमा सकेपछि रोजगारको अवसर सृजना गर्ने जनाएको छ ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्धारा सञ्चालनमा आएको उक्त शिक्षालयमा सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, कृषि, बालि विज्ञान जस्ता बिषयलाई प्राथमिकतामा राखेर अध्यापन गराईने विद्यालयका प्रधानाध्यापक अर्जुन उप्रेतीले बताए ।
उनका अनुसार प्राविधिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले तीन बर्षे डिप्लोमा कार्यक्रम ल्याईएको हो ।
‘अन्य निजी संस्थाभन्दा सहुलियत दरमा हामीले कक्षा सञ्चालन गरिरहेका छौँ,’ उप्रतीले भने, ‘अन्य कलेजहरुमा सैद्धान्तिक ज्ञान सिकाईन्छ, हामी सीपमुलक शिक्षा सिकाउछौँ ।’
उनले तीन बर्षको डिप्लोमा कक्षा सकेपछि रोजगारीको अवसर सृजना हुने दाबी गरे । भने, ‘रोजगारमुलक शिक्षा नै हाम्रो मुख्य उदेश्य हो । दक्ष, प्राविधिक जनशक्ति उत्पादन गरेपछि शैक्षिक बेरोजगारी स्वतह कम हुन्छ ।’
उनका अनुसार उक्त कलेजले सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारमुखी शिक्षा प्रदान गर्नेछ । उप्रेतीले भने, ‘अबको समय गैरप्राविधिक बिषय भन्दा पनि प्राविधिक बिषय पढाएमा बेरोजगारी समस्या हल हुन्छ ।’
उनका अनुसार अत्याधुनिक प्रयोगशाला एसी सहितको कक्षा कोठामा अनुभवी शिक्षकद्धारा अध्यापन गराईनेछ ।
पुस्तकालय, कम्प्यूटर ल्याब, वर्कसप स्टेसन सैद्धान्तिक र प्रयोगात्मक अभ्यासमा केन्द्रीत गरी अध्यापन गराईनेछ ।















Discussion about this post