इटहरी : इटहरीका एकजना व्यक्ति सहित ६ जना जुवाडे मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।
गएको शुक्रबार राती बेलबारी नगरपालिका ४ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
जुवाडेहरु स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा इटहरी १ का प्रदीप तामाङ, बेलबारी ३ का रित गुरुङ, बेलबारी ११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, दमक नगरपालिका ५ का धमेन्द्र राई र धनुषा चारनाथ नगरपालिका ८ का पर्शुराम भुजेल पनि रहेका छन् ।
जुवाको खालबाट २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ पनि बरामद भएको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।














Discussion about this post