सुनसरी भोक्राहा नरसिंह गाँउपालिका ७ बाट हतियार लुकाई राखेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादब रहेका छन् ।
यादबले आफ्नो घरमा हतियार लुकाई राख्ने र स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
यादबलाई नियन्त्रणमा लिएसंगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा एक थान पेस्तोल, १ र २ राउण्ड गोली लोड गरिएको म्याग्जिन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका यादब उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post