जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी क्षेत्रमा रहेका होटल तथा मिठाई पसलमा अनुगमन गरेको छ ।
चाडपर्वमा होटल तथा मिठाई पसलहरुमा अखाद्य वस्तुहरुको मिसावट तथा म्याद नाघेका खाद्यान्न सामाग्रीको बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अनुगमन सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अधिकृत सुधिर साफी सहितको सरकारी अनुगमन टोलीले इटहरी उपमहानगरपालिका क्षेत्रका र खनार बजारमा रहेका होटल तथा मिठाई पसलहरुमा अनुगमन गरी व्यवसायीहरुलाई सतर्क गराएको हो ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय सुनसरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका, उपभोक्ता मञ्च सुनसरी र ईलाका प्रहरी कार्यालय इटहरीको संयुक्त सहभागीता रहेको थियो।
उपभोक्ताको हितलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीब्रता दिने प्रशासनले जनाएको छ ।












Discussion about this post