इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको खास मान्छे हुँ भन्दै अवैध रूपमा रकम असुल्दै हिड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वसाधरणहरूलाई एसपी थापाको मुख्य मान्छे रहेको र ठूला मुद्धा मात्रै हेर्ने भन्दै अवैध रकम असुली गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलीले विकास भनिने बिक्रम गुप्तालाई शुक्रबार पक्राउ गरेको हो ।
गुप्ताले सुनसरीको इनरूवा, भण्टावारी लगायतको स्थानमा रहेका ब्यवसायीहरूबाट प्रहरीको नाममा रकम असुलेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
उनका अनुसार आफ्नो नाम लिदैँ, प्रहरीको बिशेष घुमुवा रहेको भन्दै गुप्ताले इनरूवाका एक ब्यवसायीबाट पेट्रोल समेत मागेको खुलेको छ ।
पक्राउ परेका गुप्तालाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post