Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जोखिम कम भएका क्षेत्रमा विद्यालय खोल्न दिने सरकारको निर्णय, यसरी सञ्चालनमा आउने छन् स्कुल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २, २०७७
in समाचार
0
जोखिम कम भएका क्षेत्रमा विद्यालय खोल्न दिने सरकारको निर्णय, यसरी सञ्चालनमा आउने छन् स्कुल
169
SHARES
Share on FacebookShare on Twitter

सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ।

लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्याढाँचा २०७७’ जारी गरी स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो।

कार्या ढाँचामा स्कुल सञ्चालनको जिम्मा स्थानीय तहले पाएको छ। ‘मन्त्रिपरिषदको मिति २०७७/६/२२ को निर्णयबाट कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन  सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ’ कार्या ढाँचामा भनिएको छ।

मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित  भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा(कक्षा १२)को पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि,पद्धति  र प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचामार्फत अनुमति दिएको छ।

कार्याढाँचाअनुसार विद्यालय बन्द गर्ने अवस्था आएमा विद्यालयले बन्द गर्नुपर्नेछ। विद्यालय सञ्चालन गर्नुपूर्व अघि जनप्रतिनिधि,शिक्षाविद,शिक्षक, प्राध्यापक स्कुलको छाता संगठनका पदाधिकारी,अभिभावक संघले समिक्षा गर्नुपर्ने छ। स्कुल सञ्चालनको लागि विद्यालयले कुन मोडालिटीबाट चलाउने भनी स्थानीय तहमा प्रस्ताव माग गर्नुपर्ने छ।

क्वारेन्टाइन र आइसोलेसन सेन्टर निर्मूलीकरण गर्न निर्देशन 

सरकारले सबै स्थानीय तहलाई विद्यालयलाई क्वारेन्टाइनस्थल वा आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरेका विद्यालयहरु भए क्वारेन्टाइन वा आइसोलेसनसम्बन्धी कार्यहरु हटाई विद्यालय भवन र परिसर निर्मलीकरण गर्न निर्देशन दिएको छ।

त्यस्तै, स्थानीय तहले अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका बालबालिकाको सवालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था र अभिभावकहरुसँग समन्वय र सहकार्य गर्ने प्रवन्ध मिलाउनुपर्न र अपाङ्गता भएका तथा अति विपन्न  परिवारका बालबालिकाका लागि विशेष सुविधा,उपचारात्मक शिक्षण,दिवा खाजा लगायत स्वस्थापन गर्नुपर्ने कार्याढाँचामा उल्लेख गरिएको छ।

‘स्थानीय तहले अपाङ्गता भएका बालबालिकाहरुलाई तत्काल विद्यालयमा ल्याउन सम्भव नभएको खण्डमा वैकल्पिक शिक्षण सिकाई(घरमा अध्यय गर्ने वातावरण)को व्यवस्था मिलाउनुपर्ने छ।’ कार्याढाँचामा भनिएको छ।

कार्याढाचामा विद्यालय आउने बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या पैदा भएमा वा कोभिड– १९ का लक्षणहरुसँग मिल्दा जुल्दा लक्षणहरु देखा परेमा  विद्यालयले तत्काल स्थानीय तह,अभिभावक वा घरपरिवारलाई जानकारी गराउनुपर्ने उल्लेख छ।

यसरी सञ्चालनमा आउने छन् स्कुल

कार्याढाँचाको भौतिक सुविधा तथा बसाई व्यवस्थापनको तयारी सम्बन्धको (क) अनुसार सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गरिने छ।  अलग–अलग समय(सिफ्ट) अलग –अलग कक्षा वा तह सञ्चालन हुनेछ। विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि-घण्टी छोट्याइने छ।

कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुनेगरी पालैपालो कक्षा सञ्चालन हुने छ। हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन हुने छ। यी सबै विकल्पलाई स्थानीय तहले प्रयोग गरी कार्यन्वयन गर्ने गराउनुपर्ने कार्याविधिमा उल्लेख छ।

थाहाखबरबाट ।

Tags: शिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार
कला साहित्य

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ। आगामी कात्तिक...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
फाेटाे फिचर

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

महालेखाको प्रतिवेदन : कोशीमा १.०६ प्रतिशत बेरुजु, सुझाव कार्यान्वयनमा प्रदेश प्रमुखको जोड

जेष्ठ १९, २०८३
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

जेष्ठ १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.