मोटरसाईकल चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय इटहरीले दुईजनालाई पक्राउ गरेको छ ।
को १८ प ८५३६ र को. ७ प ९६२५ न. को मोटरसाईकल चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा न. ४ बस्ने वर्ष २४ को विकास भुजेलले चोरीको मोटरसाईकलहरु आफ्नै घर भित्र लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट निज भुजेल र निजकै साथी सोही ठाउँ बस्ने बर्ष २४ को विवेक अधिकारीलाई पक्राउ गरिएको हो ।
चोरी भएको मोटरसाईकल सहित घरबाट फेला पारी निजहरुलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post