लोपोन्मुख रहेको बन्यजन्तु सालकको खपटा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका १ का ३५ बर्षीय ईच्छा कुमार राई रहको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
गोप्य सूचना पश्चात प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले राईलाई १।५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।














Discussion about this post