ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले तीनजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
इटहरी ९ बाट भारतीय नागरीक ओमप्रकाश यादवलाई पक्राउ गरेको छ । उनको साथबाट ८ हजार क्याप्सुल, नाईट्राभेट १० लेखिएको लागूऔषध १ हजार ६ सय ६० क्याप्सुल र १०० एमएलको ३० बोतल सहित पक्राउ गरेको हो ।
यस्तै इटहरी १३ खनारबाट मोरङको जहदा गाउँपालिका ४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई ३६० क्याप्सुल र १८८ ट्याबलेट लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै इटहरी ८ का १९ बर्षीय सनम बस्नेतलाई इटहरी ६ बाट लागूऔषध ४५०० क्याप्सुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले छ ।














Discussion about this post