इटहरी २० तरहरामा रहेको बहुभाषी विद्यालायलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
यहाँ रहेको लिवरल सोसाइटीले एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
लिवरलका अध्यक्ष सुबेक्छु देवानका अनुसार विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई फेस शिल्ड, ज्वरो मापन गर्ने थमो गन, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको थियो ।

कोरोना महामारीले लामो समयपछि विद्यालय सञ्चालनमा आएको र उक्त विद्यालयलमा विपन्न बालबालिका अध्ययन गर्दै आएकाले आँफूहरुले स्वास्थ्य सामाग्री सहयोग गरिएको अध्यक्ष देवानले बताए ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेलले युवाहरुले सामाजिक काममा सक्रिय हुनु सराहनीय रहेको बताए ।

विद्यालयलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग भएपनि आँफू गर्न तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा कांग्रेसका युवा नेता विकास केसीले लिवरलले गर्ने कार्यक्रम सिर्जनशील रहेको बताउँदै उक्त कामको प्रशंसा गरेका थिए ।












Discussion about this post