इटहरीबाट अवैध रूपमा भातरबाट चोरी पैठारी गरी ल्याएको ६३ बोरा तयारी सुर्ती तथा सुर्तीजन्य कच्चापदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले रातीको समयमा ईटहरी उपमहानगरपालिका ५ कलङकी चोकको एरियाबाट ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरेको छ ।
कार्यालयका अनुसार को १ ख ६८९० नम्बरको मिनी ट्रक शङ्खा लागेर नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखिएको अवस्थामा बजार मुल्य भन्दा ५ लाख १६ हजार रुपैयाँ बराबरको सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।
प्रहरीले सुर्तीजन्य पदार्थ सहित सवारी धनी कोशी गाउँपालिका ५ का ३६ बर्षीय कैसर आलम, ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ बर्षीय सैयद आलम, ओसारपसारमा संलग्न कोशी गाउँपालिका ५ का ३३ बर्षीय महबुव आलम र ३४ बर्षीय सम्पतलाल कामतलाई नियन्त्रणमा लिईएको कार्यालयले जनाएको छ ।
बरामद गरिएको सुर्तीजन्य पदार्थसहित ट्रक र पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागी श्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post