भारतमा उत्पादन भएको तर नेपालमा प्रतिबन्धित ‘क्याट फिस’ सुनसरीको इनरुवाबाट शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी बाट खटिएको विशेष प्रहरी टोलिले इनरुवा–९ साम्बाला चोक नजिक को ९ प ७५९४, को ३ प ५९२६, को २ प ८२४१ र को १० प ३९२१ नम्बरको मोटरसाईकलमा लोड गरिएको १२ वटा बोईलर कुखुरा सहित २ सय केजी क्याट फिस नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको फिस करिब ५० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएको कुखुरा र माछा भेटनरी अस्पताल तथा पशु पंक्षी सेवा बिज्ञ केन्द्र सुनसरीका भेटनरी अधिकृत लगायतको उपस्थितीमा खाडल खनि नष्ठ गरिएको प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाईकलहरु आवश्यक कारबाहीका लागि सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post