ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको एम्बुस टोलीले गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।
पौष १७ गते राती साढे १२ बजेको समयमा इटहरी ४ बुढीखोला नजिकमा गस्ती गर्दै जाने क्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको को १४ प ९२०२ नं. को मोटरसाइकलमा सवार व्यक्तिलाई गाँजा सहित पक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका वडा नं. ५ का २४ वर्षीय मानबहादुर लिम्बू रहेका छन् ।
प्रहरीका अनुसार मोटरसाइकलमा २ जना मानिस आईरहेको अवस्थामा एम्बुस टोलीलाई देख्नसाथ मोटरसाइकल रोकेर पछाडि रहेका व्यक्ति फरार रहेका थिए ।
मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई सोधपुछ गर्दा लिम्बू रहेका छन् । उनको साथमा रहेको झोलाभित्र अबैध लागूऔषध गाँजा दुई केजी, ७ सय ग्राम फेला परेको थियो ।

पक्राउ परेका उनीमाथी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post