नेपाली कांग्रेसले इटहरीमा आयोजना गरेको कार्यक्रममा झडप भएको भन्दै केही मिडियामा समाचार प्रकाशित भएपछि तरुण दल इटहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल तरुण दल इटहरीका अध्यक्ष विष्णु खत्रीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै केही मिडिया तथा सामाजिक संजालमा नेपाल तरुण दल सुनसरी र इटहरी उपमहानगर समितिबीच झडप भएको भन्दै समाचार प्रकाशन भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।
विज्ञप्तीमा तरुण दल जिल्ला कार्यसमिति र इटहरी उपमहानगर समितिबिच विवाद नरहेको प्रष्ट पारिएको छ ।













Discussion about this post