नेपाल तरुण दल इटहरी नगर समितिले फूल वितरण गरेको छ ।
नेपाली कांग्रेस इटहरी नगर समितिले आयोजना गरेको बिरोध र्यालीमा तरुण दलका इटहरी अध्यक्ष विष्णु खत्री, उपाध्यक्ष मनोज लिम्बू सहितले फूल वितरण गरेका हुन् ।
केही दिन अघि प्रदेश क्षेत्रले आयोजना गरेको बिरोध कार्यक्रममा तरुण दलका कार्यकर्ताहरु बीचमै झगडाको स्थति आएको थियो । सोही कारणले गर्दा तरुण दल प्रति नकरात्मक भाव पैदा नहोस् भनि फूल वितरण गरिएको नगर अध्यक्ष बिष्णु खत्रीले जानकारी दिए ।
सरी लेखिएको प्ले कार्ड र शान्तिको प्रतीक सेतो गोदावरी फूल बोकेर तरुण दलका युवाले फूल वितरण गरेका थिए ।
नेपाली कांग्रेसका नेता वीरेन्द्र कार्कीले युवाहरुले फुट्ने अवस्था नभई जुट्नुपर्ने बताए । उनले उक्त कार्यक्रममा वितरण गरिएको उक्त फूलले सकारात्मक सन्देश दिएको बताए ।












Discussion about this post