इटहरी । नयाँ वर्षको अवसरमा चर्चित गायक पृथ्वीमान लिम्बुले आफ्नै शब्द तथा स्वर रहेको ‘आदाङ्बे’ बोलको गीत सार्वजनिक गरेका छन् ।
संगितकुमार आँखेवाको संगीत रहेको गीतको भिडियो सोमबार सार्वजनिक गरिएको हो । पृथ्वीमानले यसअघि पनि पुर्वेली लोक भाकाको ‘मिरमिरे विहानी’ बोलको म्युसिक भिडियो सार्वजनिक गरिसकेका छन् ।
गायक लिम्बु पेशाले राष्ट्रसेवक भएतापनि आफ्नो बचेको समयलाई गित, संगित, साहित्य, कला र समाजसेवामा समर्पित गरेका छन् ।
गीतको भिडियोमा लाहुरे संस्कृति भित्रको माया(प्रेम, मिलन र विछोडलाई देखाइएको छ । गीतको भिडियो निर्देशन दिनेश माङ्मुले गरेका हुन् ।
भिडियोमा गायक पृथ्वीमान, विशाल सेनेहाँङ र सबु तामाङको मुख्य अभिनय रहेको छ भने राजेश, विशाल, माङ्कल, सन्जय, मुना, सुमिनाको साहायक भुमिका रहेको छ । यसको छाँयाकन ज्ञानेन्द्र शर्माले काब्रेपलान्चोकमा गरेका हुन् ।
















Discussion about this post