इटहरी : सुनसरीको कोशी गाउँपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित इटहरीका तीन युवक पक्राउ परेका छन् ।
कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट बिहीबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ६२४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–२ का २४ वर्षीय निश्चल कट्वाल, पछाडि सवार २६ वर्षीय राहुल राय र २१ वर्षीय अंशु पोखरेललाई जाँच गरिएको थियो ।
जाँचका क्रममा अंशुको साथबाट ३.१९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध र मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post