मेरो निधार छुदैँ नछोइ आकासबाटै घाम जान्छन्
आँखा हुँदै आँसुहरु सपनाको मलाम जान्छन् ।
केही मान्छे झोलाभरी दुःख बोकि शहर हिडेँ,
केही मान्छे गोजिभरी सुख बोकि गाम जान्छन् ।
प्रहरीको अपराधी सूची हेर्दा था पाएको हुँ,
संसद भवन भित्र पनि कस्ता-कस्ता हराम जान्छन्।
बृदाआश्रम पुर्याइदिन्छन् बाबु-आमालाई पहिला,
अनिखेरि छोराबुहारी आजाभोली धाम जान्छन् ।
Discussion about this post