मदन पुरस्कार गुठीले मदन पुरस्कार – २०७६ का लागि ७ उत्कृष्ट पुस्तक छनौट गरेको छ ।
गुठीको बसेको बैठकले गुठीमा प्राप्त १५१ पुस्तकहरू मध्ये ७ पुस्तक छनौट गरेको हो ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार छनौटमा परेका पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिने छ ।
छनौटमा परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १ – ३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ, शारदा शर्माको यात्रामा छानिएका छन् ।














Discussion about this post