कलालय इटहरीले कोरोना भाइरस सम्बन्धी सचेतनामुलक भिडियो निर्माण गरेको छ ।
समाजमा कोरोना संक्रमितको मनोबल उच्च बनाउँन तथा प्रोत्साहन गर्नुको साट्टो अपहेलना गर्ने क्रम बढ्दै गएपछि कलालय इटहरीले सन्देशमुलक भिडियो निर्माण गरेको हो ।
कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीका अनुसार शनिबार बेलुका कलालय इटहरीको फेसबुक पेजबाट सार्वजनिक गरिएको भिडियोमा कोरोना संक्रमितलाई समाजले गर्ने ब्यवहार र संक्रमितको मनोदशालाई चित्रण गरिएको छ ।
‘यो बिमार हो, अपराध हैन’ भन्ने सन्देश देखाउँन खोजिएको भिडियोको कन्सेप्ट सुगम दुलालले लेखेका हुन् । भिडियोमा उनै दुलाल, अनुजा पौडेल र प्रजल दुलालको अभिनय रहेको छ।
कलालयले विगत लामो समयदेखि इटहरीमा रंगमञ्चको प्रवधन गर्दै विभिन्न नाटकहरू मञ्चन गर्दै आएको निर्देशक प्रज्वल पराजुलीले बताए।
उनका अनुसार पछिल्लो समय समाजले कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण गलत रहेकाले भिडियोमार्फत सकारात्मक सन्देश दिन खोजिएको छ ।
भिडियो
https://www.facebook.com/KalalayaItahariSchoolTheatre/videos/301596930939165/














Discussion about this post