Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

भ्यालेन्टाइन डे

सुदिप चाैलागाईं

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०७६
in कला साहित्य
0
भ्यालेन्टाइन डे
455
SHARES
Share on FacebookShare on Twitter

इटहरी

फेब्रुअरी १४, प्रणय दिवस
यस्तो हुने दिनको नहुने समयलाई
ह्याप्पि भ्यालेन्टाइन डे

डोबमा मलाई छाँडी
बगेका तिम्रा ती पैतालाका रफ्तारहरू
यसैगरी तैरिरहनु अनि म सडिरहूँ
भएर तिम्रो पैतालाको धुँलो
यसैगरी कसिङ्गरझैँ समेटिरहूँ
बितेको दिन म बितिसकेको दिनलाई
ह्याप्पि भ्यालेन्टाइन डे

पर्खिएका आशाहरू
अनसन बसेका सपनाहरू
मुर्दा भई चितामाथि बसिगए
दागबत्ति प्रेमको, खरानी भई सकिगए
छँदाछँदै बाँकी नरेहेको अस्तित्वलाई
ह्याप्पि भ्यालेन्टाइन डे

बनेर जोडी बसेका बिजोडीहरू
दिएर अनि पाएर बनेका सहयात्रीहरू
प्रेम साट्न पनि दिन पर्खिनेहरू
खुद्रा आफू भई पनि साटिन खोज्नेहरू
ह्याप्पि भ्यालेन्टाइन डे

चुरोट
प्रत्येकचोटि प्रेम तानेर बिछोड फ्याल्छु
यादका ती तमाम ठुटाहरूलाई
ह्याप्पि भ्यालेन्टाइन डे

रक्सी
खान्नँ भन्दाभन्दै झन् बढी खान्छु
सम्झिन छोडेको दिनै झन् बढी सम्झन्छु
सम्झिँदै रित्तिएका ती खाली सिसीहरूलाई
ह्याप्पि भ्यालेन्टाईन डे

अक्षर
वर्णहरू छान्दै फेरि नकार्दै
लेख्दै अनि मेटाउदै
मेटाउदै अनि लेख्दै
कोरमेटमै समेटिएका अक्षहरूलाई
ह्याप्पि भ्यालेन्टाइन डे

टुक्रिएका सिसा बोकी सिसालाई जोड्न खोज्दैथेँ
वेल्डिङ गर्न नसकिएका ती सम्बन्धहरूलाई
ह्याप्पि भ्यालेन्टाईन डे

आउँदै अनि जाँदै गरेका निन्द्राका झप्किहरू
बन्दै गए जस्तै ती लोडसेडिङ बत्तिहरू
आँखा नभएकाहरूले भन्ने हो रातपछि दिन
मलाई सोध कसैले, भनिदिन्छु (रातपछि कति हो कति रात आउँछ
सहारा अन्धकारको ती बेसहारा रातलाई
ह्याप्पि भ्यालेन्टाइन डे

कैद भएको पन्छी पखेटा भएर पनि उड्न पाउँदैन
बनिसकेको प्रेमिल जोडी बनेर पनि हुन पाउँदैन
घेरो भित्र घेरिएको घेरैले घेरेको
त्यो निसास्सिलो उकुसमुकुस प्रेमलाई
ह्याप्पि भ्यालेन्टाइन डे
ह्याप्पि भ्यालेन्टाइन डे !

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण
कला साहित्य

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीको इनरुवा निवासी सीमा अभियन्ता तथा साहित्यकार गोपाल कोइराला ‘त्यागी’को जीवन, संघर्ष र योगदानमा आधारित पुस्तक ‘एउटा अथक...

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
कला साहित्य

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...

मदन पुरस्कारका लागि १० कृति छनौट, उपन्यासको वर्चस्व

मदन पुरस्कारका लागि १० कृति छनौट, उपन्यासको वर्चस्व

साउन ४, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज

असार २९, २०८३
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.