इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरू अहिले घरदैलो अभियानमा छन् ।
यसैबीच बैशाख २४ गते इटहरीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।
एमाले इटहरीको चुनावी सभालाई सम्बोधन गर्न उनी बैशाख २४ गते बिहान साढे १० बजे इटहरी आउने कार्यक्रम रहेको बताइएको छ ।
सभामा अध्यक्ष ओलीसँगै एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरूको उपस्थिति रहने जनाइएको छ ।














Discussion about this post