इटहरी : नेकपा (एमाले) को तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले इटहरी उपमहानगरवासीलाई एक पत्र लेख्दै सन्देश दिएका छन् ।
मेयरका उम्मेदवार सुब्बाले पत्रमा आफूले दोस्रो जनआन्दोलनमा इटहरीको कमाण्डर भएर जिम्मेवारी पूुरा गरेको र अब इटहरी उपमहानगरकै कमाण्ड सम्हाल्न अग्रसर भएकाले सहयोग गर्न नगरबासीलाई पत्रमार्फत आग्रह गरेका हुन् ।
उनले जारी गरेको पत्रमा भनिएको छ, ‘दोस्रो जनआन्दोलनमा इटहरीको एक कमाण्डरको भूमिकामा म तपाईसँगै मैदानमा थिएँ र आजसम्म पनि इटहरीको विकास र सम्वृद्धिका लागि निरन्तर मैदानमै छु । हामी स्थानीय तहको निर्वाचनको मुखमा छौँ । हिजो हामीले काँधमा काँध मिलाउँदै राजनैतिक परिवर्तन ल्याउन सफल भयौँ, र आज फेरि एक पटक इटहरीको विकास र आमूल परिर्वतनको लागि एउटा नयाँ आन्दोलनको सुरु गर्नुछ ।’
उनले आफू मेयरको प्रत्यासी पैसा र व्यक्तिगत स्वार्थका लागि नभई इहरीको विकास र समृद्धिको स्वार्थ राखेर बनेको जानकारी दिए ।













Discussion about this post