इटहरी : राप्रपाबाट इटहरी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका आकाश सुब्बाले भ्रष्टाचाररहित नगरको कल्पना गरेर आफूले उम्मेदवारी दिएको बताएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरमा उम्मेदवारी दर्ता गराएका सुब्बा अहिले घरदैलो अभियानमा छन् । सोही क्रममा उनले आफूले भ्रष्टाचाररहित नगरको कल्पना गरेर मेयरमा उम्मेदवारी दिएको बताएका हुन् ।
२०४० सालदेखि नै राजनीति सुरु गरेका उनी हाल राप्रपा इटहरीका नगर अध्यक्ष समेत छन् ।
‘भ्रष्टाचाररहित नगरको परिकल्पनासहित अति विपन्न परिवारलाई लक्षित गरेर १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान, विपन्न वर्गको लागि निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था, युवाहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने मुख्य एजेन्डा छ,’ सुब्बाले भने, ‘अहिलेसम्मको इतिहास हेर्ने हो भने हामी कुनै अपराधमा मुछिएका छैनौँ ।’
आफूलाई इटहरीका युवाले पनि पूर्णरुपमा समर्थन गर्नेमा विश्वस्त रहेको उनको भनाइ छ ।
विगत ३२ वर्षदेखि इटहरीमा नेकपा एमालेले सत्ता कब्जा गरेपनि उपलब्धिमूलक काम नभएको उनले बताए ।
उनले भने, ‘एउटा गोलीले एउटा मात्र मान्छे मर्छ, तर एक मतले पूरा देश नै तहसनहस हुने अवस्था आउँछ, त्यसैले सोचेर मात्रै मत लगाउत अपिल गर्दछु ।’














Discussion about this post