इटहरी : सुनसरीको कोशी गाउँपालिकामा अहिले मतगणना स्थगित भएको छ ।
कोशी गाउँपालिका वडा नं. ५ मा जम्मा २,३०९ मत खसेको थियो । उक्त मत गनिसक्दा नेपाली कांग्रेसले जितेको थियो । तर, खसेको मतभन्दा ८ वटा मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो ।
खसेको मतभन्दा धेरै भेटिएपछि धाँधली भएको भन्दै पुनः मतगणनाको माग राखिएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालय कोशीले जनाएको छ ।
कार्यालयका अनुसार २३१७ मत खसेको भेटिएपछि कांग्रेसबाहेक अरु सबै दलले पुनः निर्वाचनको माग राख्दै मतगणना स्थगित गरेका हुन् ।
पुनः मतगणनाको माग गर्दै आएपछि अहिले निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगसमक्ष पत्र पठाएको छ । निर्वाचन आयोगले जे निर्देशन गर्छ, सोही बमोजिम आफूहरूले कदम चाल्ने कार्यालयको भनाई छ ।














Discussion about this post