धरानबाट गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका १४ का २३ वर्षीय कमल विष्टलाई १ किलो ९ सय ग्राम गाँजा सहित धरान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
विष्टमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post