इटहरी (डेस्क) : सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका १३ बाट स्थानीय २७ बर्षीय राज कुमार तामाङलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
उनको साथबाट डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ११ बाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय रविन राई, २६ बर्षीय प्रभात राई र १९ बर्षीय संदेश राउतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइजेल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुल सहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post