प्रहरीले धरान १३ बाट एक युवालाई लागुऔषध सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार २७ बर्षीय राजकुमार तामाङको कोठाबाट खानतलासी गर्दा लागुऔषध वरामद भएको हो। उनलाई हिजो दिउँसो आफ्नै घरबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको कोठाबाट आइजेलाव ९ एम्पुल, फेनरगन ९ एम्पुल, लेजेसिक ९ एम्पुल, अल्कोहल स्वाब आइडिए ४४ पत्ता, ५ एमएलको सिरिञ्ज ६३ थान वरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङलाई लागुऔषध ऐनअन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।














Discussion about this post