Saturday, October 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
in समाचार
0
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
132
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको छ।

अनुगमनका क्रममा उपभोक्ता अधिकारको स्पष्ट उल्लङ्घन भएको भेटिएपछि चार व्यवसायीलाई कुल १२ लाख रुपैयाँ जरिवाना तिराइएको छ।

मंगलबार गरिएको संयुक्त निरीक्षणमा विमानस्थलका विभिन्न पसल तथा क्यान्टिनहरूले सामान्य खुद्रा मूल्य (एमआरपी) भन्दा धेरै गुणा बढी मूल्य लिएर सामान बिक्री गरिरहेको तथ्य फेला परेको हो।

यात्रुहरूको बाध्यता र सीमित विकल्पको फाइदा उठाउँदै मूल्य अस्वाभाविक रूपमा बढाइएको पाइएको प्रशासनले जनाएको छ।

अनुगमन टोलीका अनुसार बोर्डिङ क्षेत्रभित्र रहेको एक पसलमा एक सय रुपैयाँ पर्ने चकलेट दुई रुपैयाँमा बिक्री गरिएको भेटिएको छ।

त्यस्तै, अन्य क्यान्टिन तथा क्याफेहरूले ५० रुपैयाँको पेय पदार्थलाई ८० देखि १६० रुपैयाँसम्म असुलेको पाइएको छ। केही स्थानमा त साना चकलेटजस्ता वस्तुमा समेत एमआरपीभन्दा दोब्बर नजिक मूल्य लिइएको देखिएको छ।

प्रशासनका अनुसार विमानस्थल जस्तो संवेदनशील र सीमित प्रतिस्पर्धा हुने क्षेत्रमा उपभोक्ता ठगी हुने सम्भावना बढी हुने भएकाले विशेष निगरानी गरिएको हो। सोही क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही अघि बढाइएको हो।

कानुनअनुसार दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर ठहर गर्दै दफा ३९ अनुसार प्रत्येक व्यवसायीलाई ३–३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

प्रशासनले कुल १२ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। अनुगमन टोलीका अनुसार बोर्डिङ कक्षमा सञ्चालित ममता होटल, विमानस्थलभित्र क्यान्टिन कक्षमा रहेको ग्यालेक्सी क्याफे एण्ड होटल प्रालि, विमानस्थल परिसरमै सञ्चालित गरिमा क्याफे र अनुकूल होटल एन्ड भान्साघरले अधिकतम खुद्रा मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गरेका थिए।

प्रशासनले विमानस्थलभित्रका व्यवसायहरूलाई मूल्य सूची स्पष्ट रूपमा राख्न, एमआरपीको पालना गर्न र यात्रुहरूलाई ठग्ने गतिविधि तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ। साथै आगामी दिनमा नियमित अनुगमन कडा बनाइने संकेत दिएको छ।

Tags: #विराटनगरविमानस्थल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन
विविध

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

by रासस
अशोज २४, २०८३
0

झापा : चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८३
0

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित मदन भण्डारी लोकमार्गमा सिटी सफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार...

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

अशोज २४, २०८३
कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३
सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

अशोज २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गजलकार पवन गाैतमकाे गजल

गजलकार पवन गाैतमकाे गजल

अशोज २४, २०८३
संसार भुल्दै छु म (कविता)

संसार भुल्दै छु म (कविता)

अशोज २४, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

अशोज २४, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

अशोज २४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.